सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

६ हजार २ सय जनाले गरे फर्मा एक्स्पोको अवलोकन

सोमबार, २८ फागुन २०८०, २० : १६
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । चितवनको भरतपुरमा फर्मा एक्स्पोको लक्ष्यभन्दा कमले अवलोकन गरेका छन् । नेपाल औषधी उत्पादक संघ (एपोन) लेकरिव २५ हजारले अवलोकन गर्ने लक्ष्य लिएको थियो ।

तर ६ हजार २ सय जनाले मात्रै अवलोकन गरेका हुन् । जसमध्ये तीन हजार चिकित्सक, औषधि उद्योग, कर्मचारी तथा तीन हजार २ सय जना उद्योगका कर्मचारी र मेडिकल विद्यार्थी छन् । 

एपोनका उपाध्यक्ष तथा मिडिया संयोजक सन्तोष बरालले आर्थिक मन्दी र अर्थ व्यवस्थामा देखिएको सुस्तताको असर फर्मा एक्स्पोमा प्रत्यक्ष देखिएको बताए । ‘एक्स्पोमा मुलुकमा देखिएको आर्थिक मन्दीको असर देखियो’ उनले भने, ‘हामीले सोचेजस्तो अवलोकनकर्ताको सहभागि एक्स्पोमा देखिएनन् ।’

एपोनले फागुन २५ देखि २७ गतेसम्म फर्मा एक्पो जारी गरेको थियो । एक्स्पोमा नेपाल सहित भारत, सिंगापुर, वंगलादेशका करिब १ सय ६० भन्दा बढी स्टल थिए । 

कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय नेपाली औषधि उद्योगले करिब चार अर्बको बजार हिस्सा गुमाएको तथ्यांक सार्वजनिक भएको थियो । गत वर्ष नेपाली औषधि उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो ।  तर यो वर्ष २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ । 

औषधि उद्योगीहरु कोभिड महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र यही समयमा सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै गएको एपोनले उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप