एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरियो अल–नासर
मङ्गलबार, २९ फागुन २०८०, ०९ : ०३
रियाद । क्रिस्टियानो रोनाल्डोको अल–नासर एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । अल–ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै टोली प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा १–० ले पछि परेको टोली दोस्रो लेगमा ३–० ले पछि परेको थियो । तर, टोलीले पुनरागमन गर्दै खेल अतिरिक्त समयमा पुर्याएको थियो ।
निर्धारित समयमा गोलको सुन्दर अवसर गुमाएका रोनाल्डोले ११८ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै १० खेलाडीमा सीमित अल–नासरलाई ४–४ को स्थितिमा ल्याएका थिए । पाँच पटकको बालोन डी’ओर विजेता ३९ वर्षीय खेलाडीले टोली २–३ गोलले पछि रहेको स्थितिमा मात्र तीन यार्ड टाढाबाट गोल गर्न चुकेका थिए ।
अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अल–नासर १–३ गोलले पराजित हुन पुग्यो । टोलीका लागि रोनाल्डोले मात्र पेनाल्टीबाट गोल गर्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण