बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

प्रचण्ड, ओली र नेपालबिच छलफल

मङ्गलबार, २९ फागुन २०८०, ०९ : ३१
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । सत्ता साझेदार प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ । 

संसद् भवनमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् । 

नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो । 

एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ । 

प्रधानमन्त्री प्रचण्डले गत २३ गते मन्त्रिमण्डल विस्तार गर्दा अन्तिम समयमा मात्रै एकीकृत समाजवादीका मन्त्री समेटिएका थिए । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्नु अघि आफूलाई थाहा नै नदिएको भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सन्तुष्ट हुन सकेका छैनन् । 

साथै उनले अघिल्लो गठबन्धनमा एक वर्ष प्रधानमन्त्री पाउने सहमति समेत अलपत्र परेकाले यो गठबन्धनमा पनि सोही अनुसार प्रधानमन्त्री खोजेका छन् । तर एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिच आगामी चार वर्ष आलोपालो दुई वर्षका दरले प्रधानमन्त्री हुने सहमति भएकाले अध्यक्ष नेपाल अप्ठेरोमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप