प्रचण्ड, ओली र नेपालबिच छलफल
काठमाडौँ । सत्ता साझेदार प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ ।
संसद् भवनमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् ।
नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो ।
एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ ।
प्रधानमन्त्री प्रचण्डले गत २३ गते मन्त्रिमण्डल विस्तार गर्दा अन्तिम समयमा मात्रै एकीकृत समाजवादीका मन्त्री समेटिएका थिए । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्नु अघि आफूलाई थाहा नै नदिएको भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।
साथै उनले अघिल्लो गठबन्धनमा एक वर्ष प्रधानमन्त्री पाउने सहमति समेत अलपत्र परेकाले यो गठबन्धनमा पनि सोही अनुसार प्रधानमन्त्री खोजेका छन् । तर एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिच आगामी चार वर्ष आलोपालो दुई वर्षका दरले प्रधानमन्त्री हुने सहमति भएकाले अध्यक्ष नेपाल अप्ठेरोमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण