राष्ट्रियसभामा नयाँ नेतृत्व
दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुँदाको क्षण तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २९ फागुन २०८०, १४ : ०६
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नेता नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार उनी निर्वाचित भएसँगै गठबन्धनका सांसदहरुले बधाई तथा शुभकामना दिँदै खुसीयाली मनाएका थिए । निर्वाचित भएलगत्तै दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन आफूले भूमिका खेल्न निरन्तर लागिरहने बताए ।
।
निर्वाचनमा मत विभाजन हुँदा दाहालले ३९ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण