दीर्घकालीन असर पर्ने काम नगर्न बागमती सरकारलाई कांग्रेसको आग्रह
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सरकारलाई नियमित काम कारबाही बाहेक अन्य कुनै पनि दीर्घकालीन असर पर्ने र संवैधानिक नियुक्तिहरू नगर्ने सचेत गर्ने निर्णय गरेको हो ।
गत फागुन २३ गते सरकारबाट बाहिरिँदै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएको कांग्रेसले सोही दिनदेखि लागु हुने गरी सरकारको समर्थन समेत फिर्ता लिएको निर्णय संसदीय दलको बैठकले अनुमोदन गरेको कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी लिए । प्रदेशसभाको मंगलबारको बैठकबाटै आफूहरू प्रतिपक्षको बेन्चमा बसेर काम गर्ने उनले बताए ।
‘हामी अब प्रमुख प्रतिपक्षको भूमिकामा रहेका छौँ । २३ गतेदेखि नै हामीले प्रमुख प्रतिपक्ष भूमिकामा रहेर काम गर्ने निर्णय गरेका थियौँ । सो निर्णय संसदीय दलको बैठकले समेत अनुमोदन गरेको छ । आजकै बैठकबाट हामी प्रतिपक्षको बेन्चमा बसेर काम गर्छौँ,’ उनले भने, ‘अहिलेको राजनीतिक परिस्थितिलाई कांग्रेसले गम्भीर समीक्षा गरेको छ । यो अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई आग्रह गर्छौँ । नागरिक र प्रदेशलाई पछिसम्म असर पर्ने र संवैधानिक नियुक्तिहरू नगने सरकारलाई सचेत गराउँछौ ।’
उनले प्रदेश सरकारको नेतृत्वको विषयमा कांग्रेसले तत्काल पहल नथाल्ने बताए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा पेश गर्ने समयसम्म कांग्रेसले कुर्ने उनको भनाइ छ ।
‘हामीले अहिले नै सरकार गठनको कुनै प्रक्रिया अघि बढाएका छैनौँ। मुख्यमन्त्रीले राजीनामा दिनुभएको छैन । विश्वासको मत लिने तयारी गर्नुभएको छ भन्ने बुझिएको छ । त्यसपछि मात्र हामी सरकारका विषयमा अघि बढ्छौ,’ उनले भने । बैठकलेबजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिको प्रतिवेदन संसदमा छलफल गरी छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण