बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेको सव–डिभिजन कार्यालयका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मङ्गलबार, २९ फागुन २०८०, १७ : २१
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । बाँकेस्थित सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नारायण पार्धे विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार घुस/रिसवत लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानको सिफारिस गर्न घुस मागेका थिए । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगोसहित कैद सजायको मागदावी लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप