प्रविधिमा महिलाको पहुँच पुग्न सकेन : उपसभामुख राना
मङ्गलबार, २९ फागुन २०८०, १७ : ५७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताएकी छन् । मंगलबार सिंहदरबारमा भएको एक कार्यक्रममा उनले प्रविधिमा महिलाको पहुँच पुर्याउने नारा लगाएपनि नाराअनुसार काम हुन नसकेको बताएकी हुन् ।
उपसभामुख रानाले अहिले पनि विभिन्न वडा सदस्यहरुसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरुसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताइन् । उनले राज्यले हरेक वडा सदस्यहरुलाई एउटा मोबाइल प्रदान गर्न आवश्यक रहेको बताइन् । मोबाइलको प्रयोगले उनीहरुको क्षमता विकास हुने उनको भनाइ थियो । उनले निर्भीक भएर कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सांसदहरुले बहस गर्न जरुरी रहेको बताइन् ।
उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्चितता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण