मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

फिमेल भर्सनमा कस्तो बन्यो लोकप्रिय गीत ‘आकाशैमा चिल हो कि बेसारा...’?

मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । ‘आकाशैमा चिल हो कि बेसारा...’ गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । मेल भर्सनमा निकै चर्चामा रहेको यो गीतको फिमेल भर्सनमा गायिका बबिना किराँतीले स्वर भरेकी छिन् । 

गीत सार्वजनिक पछि गायिका बबिनाले भनिन्, ‘महेश थुलुङको स्वरमा रहेको उक्त गीतले सधैं मन छुने कारणले फिमेल भर्सन ल्याएकी हुँ’, उनले थपिन्, ‘यो गीतको शब्द, संगीत धेरै स्रोता दर्शकको जिब्रोमा छ । अर्कातर्फ पुराना गीतलाई नयाँ ढंगबाट पस्कँदा नयाँ पुस्ताले पनि मनपराउने भएर गीत सार्वजनिक गरेकी हुँ ।’ 

‘चरी भए भुरुरु जान्थेँ उडेर...’ बोलको गीतबाट चर्चामा आएकी बबिनाले नयाँ सार्वजनिक गीतबाट पनि स्रोता दर्शकको माया पाउने विश्वास व्यक्त गरिन् । एक दशक अगाडि सार्वजनिक गीतमा भुवन थुलुङको शब्द संगीत सुन्न सकिन्छ । 

गीतको नयाँ भर्सजनमा रिकेश गुरुङको एरेन्ज र राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ र सुरेश राई, किरण सिंह थापाकाे रेकडिङ रहेको छ । सम्राट अधिकारी,अनिश मगर, सृस्टी सुब्बा ,रस्मी आले मगर र गायिका स्वयंको अभिनय रहेको छ । गीतको भिडियो बबिना राई किराँती नामको युट्युब च्यानलमा हेर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया