अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
सारांश
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहङ्कार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन्।
- सिटौलाले प्रधानमन्त्री साहलाई एक्लै हिँड्ने राजनीति नगर्न आग्रह गर्दै ठक्कर लाग्ने चेतावनी दिए।
- उनले जेन-जी आन्दोलनका क्रममा कांग्रेसमाथि भएका आगजनी, तोडफोड र लुटपाटले कांग्रेसको चेतना र ऊर्जा थप बलियो बनाएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहङ्कार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन्।
बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
नेता सिटौलाले प्रधानमन्त्री साहलाई एक्लै हिँड्ने राजनीति नगर्न आग्रहसमेत गरेका छन्। उनले जेन-जी आन्दोलनको क्रममा काँग्रेसमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिए पनि उक्त घटनाले कांग्रेसको चेतना र ऊर्जा थप बलियो बनाएको बताए। विशेष महाधिवेशनको नाममा देशभित्रकै विभिन्न शक्तिहरूले काँग्रेसलाई कमजोर बनाएको टिप्पणी गर्दै उनले गत वर्षको भदौ २४ को रापताप अझै निभिनसकेकाले मुलुकमा अर्को राजनीतिक जागरण आवश्यक रहेको उल्लेख गरे।
‘म आज बीपीलाई सम्झेर प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु, तपाईँहरू धेरै दम्भ र अहङ्कार लिएर नहिँड्नुस्,’ नेता सिटौलाले भने, ‘म बीपीलाई साक्षी राखेर भन्न चाहन्छु, शशांक कोइरालाले बीपीको विचार मर्न दिन्न भन्नुभएको रहेछ। उहाँले बीपीको विचारलाई जीवन्त राख्नुभएको छ।’
प्रधानमन्त्री साहलाई सचेत गराउँदै उनले थपे, ‘यो विचारलाई साक्षी राखेर भन्न चाहन्छु, एक्लै हिँड्ने दम्भ नगर्नुस्, ठक्कर लाग्ला। ठक्कर लागेपछि उठाउने कोही हुँदैन। त्यस्तै परेमा तपाईँलाई उठाउन फेरि हामी नै आउनुपर्ला, किनकि हामीमा नेपाली कांग्रेसको राजनीतिक रगत र संस्कार छ।’
आन्दोलन र तोडफोडको प्रसङ्ग उल्लेख गर्दै सिटौलाले भने, ‘हाम्रा घरमा आगलागी भयो, तोडफोड भयो, लुटपाट भयो तर काँग्रेस डरायो भनेर कसैले नसम्झे हुन्छ। त्यो घटनाले हाम्रो चेतना अझै जागृत भएको छ, नयाँ स्फूर्ति आएको छ।’
विशेष महाधिवेशनबारे बोल्दै उनले भने, ‘विशेष महाधिवेशनबाट काँग्रेस छिन्नभिन्न गराइहाल्यौँ भनेर नभन्नुस्। जहाँबाट गराए पनि देश गम्भीर सङ्कटमा छ भनेर मात्र पुग्दैन, यसका लागि लड्नुपर्छ।’ नेता सिटौलाले पार्टीलाई एकताबद्ध हुन नदिन संस्थापन पक्षले अनेक चलखेल गरिरहेको आरोपसमेत लगाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण