‘द रेड सुटकेस’ ३० चैतमा रिलिज हुने
काठमाडौँ । फिल्म ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को अवसर पारेर आगामी चैत्र ३० बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएको हो ।
फिडेल देवकोटा निर्देशित फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा महत्त्वपूर्ण अवार्ड समेत जितिसकेको छ । फिल्मको सार्वजनिक फस्ट लुक्समा फिल्मका अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ । पोष्टरमा अभिनेत्री सृष्टि श्रेष्ठ ग्रामीण महिलाको रुपमा देखिएकी छिन् । यस्तै सौगात मल्ल र विपिन कार्की पनि कामकाजी युवाको रुपमा छन् । यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाइएको छ । पोष्टरको कलाकारको चरित्रलाई अथार्थरुपमा देखाउन खोजिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।
द रेड सुटकेश गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा भएको वल्र्ड प्रिमियर दुई महत्त्वपूर्ण अवार्ड हासिल गरेको थियो । यस्तै संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो चलचित्र छनौट भएको छ ।
चलचित्रको बारे निर्देशक फिडेलले भने,‘द रेड सुटकेस मध्यम तथा न्युन वर्गीय नेपाली समाजका युवाहरुको वर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा हामीले बुनेका हौँ ।’
श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् । फिल्म आरआर फिल्मसबाट रोहित–रत्नले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण