सीमामा आकस्मिक हमलापछि रुसले गर्यो विद्यालय बन्द
मस्को । किएभ समर्थक मिलिसियाले गरेको हमला र युक्रेनी ड्रोन हमलामा वृद्धि भएपछि रुसले युक्रेनको सीमा नजिकैको कुर्स्क सहरमा मङ्गलबार विद्यालयहरू अस्थायीरूपमा बन्द गरेको छ ।
युक्रेनबाट आफ्नो क्षेत्रमा भएको हमलालाई रोक्न युद्धक विमान, रकेट र तोपखाना तैनाथ गरेको मस्कोको घोषणापछि साताको अन्त्यसम्म विद्यालय बन्द हुने समाचार आएको हो ।
“हालका घटनाका सम्बन्धमा मैले विद्यालयहरूलाई दूर शिक्षामा राख्ने निर्णय लिएको छु”, कुर्स्कका मेयर इगोर कुत्साकले सामाजिक सञ्जालमा भने । उनले शुक्रबारसम्म विद्यालय बन्द रहने जानकारी दिए ।
मस्कोले लडाइँ भएको भनेको कुर्स्क क्षेत्रको ट्योटकिनो गाउँलाई कब्जा गरेको किएभका एक समर्थक मिलिसियाले मङ्गलबार दाबी गरेका छन् । करिब चार लाख ४० हजार जनसङ्ख्या भएको सहर र यस क्षेत्रको राजधानी कुर्स्कबाट करिब एक सय ४० किलोमिटर टाढा अवस्थित ट्योटकिनो युक्रेनको सीमा नजिक छ ।
युक्रेनको सीमा नजिकै रहेको रुसी सहर बेलगोरोडले भोगेको जस्तो आक्रमणबाट कुर्स्क सहर अहिलेसम्म बचेको छ तर हालका दिनहरूमा यो सहरले ड्रोन हमलाहरूको सामना गर्नुपरेको छ ।
रुसी सेनाले मङ्गलबार एक घन्टाको फरकमा कुर्स्क क्षेत्रमा चार युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । सप्ताहन्तमा एक युक्रेनी ड्रोनले कुर्स्क सहरमा एउटा भवन क्षतिग्रस्त बनाएको थियो । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण