सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको पार्टीले प्रचण्डलाई विश्वासको मत दिने, १५ महिनाको सहमित कार्यान्वयन नभए फरक तरिकाले सोच्ने

बुधबार, ३० फागुन २०८०, १२ : ०६
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालाई प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

बुधवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकले प्रधानमन्त्रीमा १५/१५ महिनाको सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताए । सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरिएको उनको भनाइ छ । 

‘सहमति कार्यान्वयन हुन सकेन भएन भने  फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ । १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ’, उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप