संसद् बैठक
साना दल सत्ताको सहारा मात्र होइनन् : रञ्जिता श्रेष्ठ (भिडियो सहित)
बुधबार, ३० फागुन २०८०, १४ : २२
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताएकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।
‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन्’, उनले विश्वासको मत रहेको बताउँदै भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’
उनले ठुला दल अस्थिर सत्ता केन्द्रित गतिविधिमा केन्द्रित हुँदा साना दल कमजोर नभएर सचेत र सबल हुँदै गएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण