संसद् बैठक
साना दल सत्ताको सहारा मात्र होइनन् : रञ्जिता श्रेष्ठ (भिडियो सहित)
बुधबार, ३० फागुन २०८०, १४ : २२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताएकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।
‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन्’, उनले विश्वासको मत रहेको बताउँदै भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’
उनले ठुला दल अस्थिर सत्ता केन्द्रित गतिविधिमा केन्द्रित हुँदा साना दल कमजोर नभएर सचेत र सबल हुँदै गएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह