समाचार
राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त
बुधबार, ३० फागुन २०८०, १६ : ५१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले गरेको सिफारिस अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण