श्रम मन्त्रालयको प्रवक्ता परिवर्तन
बुधबार, ३० फागुन २०८०, १७ : ४९
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त भएका छन् । नवनियुक्त मन्त्री डोल प्रसाद अर्याल (डीपी) ले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि रोजगार व्यवस्थापन महाशाखा प्रमुख सह–सचिव राजिव पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले तत्कालीन प्रवक्ता डण्डुराज घिमिरेलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर विभागमा पठाएका थिए । त्यसपछि प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिइएको थियो । विभागका महानिर्देशक रहेका मदन दाहालको सरुवा गरेर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पठाएका थिए ।
मन्त्री फेरिएसँगै प्रवक्ता समेत फेरिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण