बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय चलचित्र पुरस्कार विवादमा ‘प्रकाश’को सेन्सर पासको प्रमाणपत्र झिकाउन आदेश

बुधबार, ३० फागुन २०८०, २० : ३५
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म विद्या गायबको विषयमा उच्च अदालत पाटनले फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशद्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले ‘प्रकाश’ फिल्मलाई प्रदर्शनका लागि स्वीकृति दिए नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेस गर्न आदेश दिएको हो ।

गत भदौ १२ गते राष्ट्रपति कार्यालयमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार  वितरण गरिएको प्रति आपत्ति जनाउँदै फिल्म ‘प्रकाश’को निर्माण टिमले मुद्दा दायर गरेको हो । एक जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएपछि  यो विषयमा फिल्म युनिट अदालत पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप