राष्ट्रिय चलचित्र पुरस्कार विवादमा ‘प्रकाश’को सेन्सर पासको प्रमाणपत्र झिकाउन आदेश
बुधबार, ३० फागुन २०८०, २० : ३५
काठमाडौँ । राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म विद्या गायबको विषयमा उच्च अदालत पाटनले फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।
बुधबार न्यायाधीशद्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले ‘प्रकाश’ फिल्मलाई प्रदर्शनका लागि स्वीकृति दिए नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेस गर्न आदेश दिएको हो ।
गत भदौ १२ गते राष्ट्रपति कार्यालयमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको प्रति आपत्ति जनाउँदै फिल्म ‘प्रकाश’को निर्माण टिमले मुद्दा दायर गरेको हो । एक जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएपछि यो विषयमा फिल्म युनिट अदालत पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण