पेट्रोलियम पदार्थ अन्वेषणको सामान भन्सार नाकामा रोकियो
बिहीबार, ०१ चैत २०८०, १२ : ०९
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले दैलेख जिल्लामा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिन लगायत समान नेपालगञ्जको भन्सारमा रोकिएको बताएकी छिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कोलकत्ता हुँदै नेपालगन्ज आइपुगेको सामान भन्सारमा छुट पत्र उपकरणको नाम फरक परेको कारणले रोकिएको भन्दै सरकारले तत्कालै समस्या समाधान गरेर समान छुट गराउनुपर्ने बताइन् ।
उनले ती समान भन्सार नाकादेखि दैलेख सम्म पुर्याउन ७/८ दिन लाग्ने र उपकरण हप्तौँ दिनसम्म रोकिँदा अन्वेषणको काम रोकिएको उल्लेख गरिन् । रानाले भनिन्, ‘मैले सिडिओलाई बुझ्दा १० ट्रक समान रोकिएको रहेछ । प्रक्रिया मिलाएर रोकिएको सामान छुटाई पेट्रोलियम अन्वेषणको काम सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण