बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने

बिहीबार, ०१ चैत २०८०, १२ : १८
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने भएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमकारी निकायको स्वीकृति प्राप्त भए एक सय रुपैयाँका दरले ५ करोड इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त रकम बराबर ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयर कम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने गरी जारी गरिने समेत बैंकले जनाएको छ । 

यस्तै बैंकले राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् ८ प्रतिशत नबिल डिबेन्चर २०८९ (८ वर्षे अवधिको) समेत जारी गरिने बताएको छ । 

के हो अग्राधिकार सेयर ?

कुनै पनि कम्पनीले निष्कासन गरेको सेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्राधिकार हुने सेयरलाई अग्राधिकार सेयर अर्थात् प्रिफिरेन्स सेयर भनिन्छ । यस्तो सेयरमा अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र अन्य साधारण सेयरधनीहरुलाई लाभांश बाँडिन्छ । लाभांशको पहिलो प्राथमिकता अग्राधिकार सेयरधनीलाई हुन्छ । 

कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार सेयर जारी गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप