नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने
काठमाडौँ । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने भएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमकारी निकायको स्वीकृति प्राप्त भए एक सय रुपैयाँका दरले ५ करोड इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।
उक्त रकम बराबर ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयर कम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने गरी जारी गरिने समेत बैंकले जनाएको छ ।
यस्तै बैंकले राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् ८ प्रतिशत नबिल डिबेन्चर २०८९ (८ वर्षे अवधिको) समेत जारी गरिने बताएको छ ।
के हो अग्राधिकार सेयर ?
कुनै पनि कम्पनीले निष्कासन गरेको सेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्राधिकार हुने सेयरलाई अग्राधिकार सेयर अर्थात् प्रिफिरेन्स सेयर भनिन्छ । यस्तो सेयरमा अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र अन्य साधारण सेयरधनीहरुलाई लाभांश बाँडिन्छ । लाभांशको पहिलो प्राथमिकता अग्राधिकार सेयरधनीलाई हुन्छ ।
कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार सेयर जारी गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण