अस्मिताले चुमिन् ‘द नेशनल डिजाइनर रनवे’को उपाधि
बिहीबार, ०१ चैत २०८०, १३ : ४६
काठमाडौँ । चौथो संस्करणको ‘द नेशनल डिजाइनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार साँझ आयोजित प्रतिस्पर्धामा १४ डिजाइनरहरुको सहभागिता थियो ।
राज्य मिडिया नेटवर्कद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ भए । प्रतियोगितामा प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरूले र्याम्पमा आफूलाई प्रस्तुत गरेका थिए ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायकमा रहेका थिए । स्वस्ती दंगाल निर्देशन र परमानन्द चौधरी व्यवस्थापन रहेको प्रतियोगितामा मोडलहरुको समेत प्रतिभा निखार्ने आयोजक संस्थाका सिइओ डेभिल सिंह राजपूतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण