देशका समस्याको समाधान गर्नु सबै दलहरूको साझा दायित्व हो : ठाकुर गैरे
काठमाडौँ । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरूको समाधान गर्नु सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरू साझा समस्या भएका बताए । उनले ती समस्याहरूको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताए । समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भूमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उनले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताए । उनले सत्तापक्ष हुँदा कुनै समस्याहरूमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।
सांसद गैरेले आगामी दिनमा कम्युनिस्ट पार्टीहरूका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण