‘काँडेतार’को विषयमा नवललाई आएको धम्कीमा कलाकार संघको ध्यानाकर्षण
काठमाडौँ । फिल्म ‘काँडेतार’का कलाकार, निर्देशक नबल खड्कालाई फिल्मको विषयमा धम्कीपूर्ण अभिव्यक्ति आएको प्रति नेपाल चलचित्र कलाकार संघले खेद व्यक्त गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै खड्कालाई भौतिक रूपमा आक्रमण हुनसक्ने भनी दिइएको धम्कीपूर्ण अभिव्यक्ति प्रति आफ्नो ध्यानाकर्षण समेत भएको जनाएको छ ।
‘चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रूपान्तरण, सामाजिक सन्देश प्रवाहित गर्ने क्षेत्रमा यस किसिमको निरुत्साहित पार्ने एवं राष्ट्र, राष्ट्रियता का विषयमा केन्द्रित रहेर निर्माण गरिएको काँडेतार र यसका निर्माता/निर्देशक नबल खड्कालाई कुनै पनि क्षेत्रबाट यस किसिमको भौतिक रूपमा आक्रमण हुनसक्ने भनी आएको तुच्छ अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, संघले विज्ञप्तिमा अगाडि भनेको छ ‘यसरी चलचित्रले बोक्ने कला, साहित्य, संस्कृतिका क्षेत्रमा निरुत्साहित पार्ने कुनै पनि दुखद अभिव्यक्तिप्रति सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
संघले खड्का प्रति अमुक व्यक्तिबाट खुल्ला चुनौती दिँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु, अमुक समूहबाट सामाजिक सञ्जालमा खुला चुनौती दिनु निन्दनीय रहेको समेत ठहर समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण