बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

बिहीबार, ०१ चैत २०८०, १७ : ०४
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि थाइल्याण्ड, पोर्चुगल, भेनेजुएला र मंगोलियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । जसमध्ये थाइल्यान्डका राजदूत आवासीय हुन् भने अन्य गैरआवासीय राजदूत हुन् । 

नवनियुक्त राजदूतहरूलाई होटेल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप