शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गणित विषय गाह्रो हुन्छ भन्ने मान्यता हटाउन ‘म्याथ एक्जिबेसन’

बिहीबार, ०१ चैत २०८०, १८ : ३४
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । गणित विषय गाह्रो हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि ‘म्याथ एक्जिबेसन’ (गणित सम्मेलन) सुरू गरिएकाे छ ।  

पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर बूढानिलकण्ठमा रहेको ईम्पेरियल वर्ल्ड स्कुलले बृहत् प्रदर्शनी तथा गणित सम्मेलन थालेको हो ।

आज र भोलि गरी दुई दिनसम्म चल्ने सम्मेलनमा विद्यार्थीहरूले गणित विषयसँग सम्बन्धित विभिन्न सामानहरू निर्माण गरेका छन् । स्कुलकी प्रिन्सिपल जुनिता कार्कीले विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न र गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताइन् ।

स्कुलले गत वर्ष नै म्याथ पार्कको निर्माण गरेको थियो । त्यही र्पाकमा पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा प्रदर्शनी तथा गणित सम्मेलन गरेको हो ।

IMG20240314111454

आज गणित सम्बन्धी विज्ञ तथा विद्यार्थीहरूले गणित सिकाई अन्तर्गत निर्माण गरेका शैक्षिक सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीमा बूढानिलकण्ठ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेको प्रिन्सिपल कार्कीले बताइन् ।

विद्यालय शिक्षामा गणितमा रूपान्तरण कसरी गर्ने, गणित विषयलाई कसरी प्रभावकारी रूपमा शिक्षण सिकाई गर्ने, दैनिक रूपमा गणितको महत्वबारे बुझाउन र सिकाउन कस्तो भूमिका खेल्न सकिन्छ भन्ने विषयमा जानकारी दिइने बताइन् ।

सम्मेलनमा गणितका शुत्र अनुसार विद्यार्थीले तयार पारेका सामाग्रीहरू प्रदर्शन गर्नुका साथै छलफल कार्यक्रम समेत राखिएको छ । फरक विषयमा विज्ञहरूको प्रस्तुति दिनेछन् । विद्यालयका गणित शिक्षक जीत बहादुर तामाङ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका स्टिम विभाग प्रमुख प्राध्यापक विनोद पन्तले स्टिम शिक्षाका बारेमा र पाठ्यक्रम विकास केन्द्रका गणित विषय विज्ञ डा. श्याम प्रसाद आचार्यले २१ औँ शताब्दीको पेडागोजीबारे प्रस्तुति दिने कार्यक्रम रहेको प्रिन्सिपल कार्कीले बताइन् । 

IMG20240314111401

त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्रा.डा.वेदप्रसाद ढकालले गणित कक्षामा प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा समेत प्रस्तुति दिने कार्यक्रम छ । पाठ्यक्रम विकास केन्द्रका गणित विषय विज्ञ रामचन्द्र ढकालले डेभलपिङ एसेस्मेन्ट आइटम्स् फर स्कुल म्याथमेटिक्स् बारे र गणितका रिसर्चर एचएन उपाध्यायले हेण्स् अन एक्टिभिटिज फर टिचिङ म्याथ म्याटिक्सका बारेमा वर्कसप हुनेछ ।

शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफै म्याथ पार्कमा गणितका नयाँ कुराहरू सिक्न सक्ने र यसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने प्रिन्सिपल कार्कीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप