समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केबलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल
ताप्लेजुङ । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व संघसस्थाले पाथीभरा मुकुम्लुङ केबलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् । ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् ।
अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शन तथा पूजाका लागि आउने गरेकोले यस क्षेत्रको विकासमा थप योगदान गर्नु पर्ने समय आएको उल्लेख छ । विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको छ ।
पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब ३ लाखको सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । यो सङ्ख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केबलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरुलाई निज क्षेत्रले आग्रह गरेका छन् ।
अर्बौ रुपैयाँको लगानीमा निर्माण हुने चरणमा रहेको पाथीभरा मुकुमलुङ केवलकारले ताप्लेजुङको आर्थिक विकासमा ठुलो योगदान दिने कुरामा दुई मत हुनै सक्दैन । यसबाट स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना गर्ने निजी क्षेत्रको भनाई छ । जिल्लाको पर्यटन प्रवर्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा सहयोगी हुने निश्चित रहेको तर्फ पनि निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ ।
यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूति सहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्ने आम निजी क्षेत्रको बुझाइ रहेको पनि अपिलमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण