‘द्रौपदी’ को छायाङ्कन सुरु

काठमाडौंँ । ऋषिराज आचार्यको निर्देशन रहने फिल्म ‘द्रौपदी’को छायांकन सुरु भएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ–मुर्हूत गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
फिल्म अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण हुन लागेको निर्देशक आचार्यले बताए । ‘फिल्मको स्कृप्ट ४ वर्ष लगाएर लेखिएको हो’ आचार्यले भने । फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । रबि ओडको संगीत रहने फिल्मका छायाकार मोहनकुमार झिल्लु हुन् ।
ऋषिराज आचार्य, बिष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता रहेको फिल्मको लेखक पनि निर्देशक आचार्य नै हुन् । फिल्मको सम्पूर्ण छायाँका डोल्पा जिल्लामै गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा