‘द्रौपदी’ को छायाङ्कन सुरु
काठमाडौंँ । ऋषिराज आचार्यको निर्देशन रहने फिल्म ‘द्रौपदी’को छायांकन सुरु भएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ–मुर्हूत गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
फिल्म अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण हुन लागेको निर्देशक आचार्यले बताए । ‘फिल्मको स्कृप्ट ४ वर्ष लगाएर लेखिएको हो’ आचार्यले भने । फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । रबि ओडको संगीत रहने फिल्मका छायाकार मोहनकुमार झिल्लु हुन् ।
ऋषिराज आचार्य, बिष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता रहेको फिल्मको लेखक पनि निर्देशक आचार्य नै हुन् । फिल्मको सम्पूर्ण छायाँका डोल्पा जिल्लामै गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण