सीआईबी प्रमुख किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी
काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गर्न तयारी थालिएको छ । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सुन तस्करी जाँचबुझ आयोगले एआईजी बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ । ब्युरोले ६० केजी र भेपमार्फत भएको सुन प्रकरणको अनुसन्धान गरेको थियो ।
अनुसन्धानमा सीआईबीको गम्भीर त्रुटि देखिएको आयोगको अनुसन्धान निष्कर्ष छ । ६० किलो सुन अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि आयोगले कारबाही गर्न सिफारिस गरेको छ ।
सुन तस्करीमा संलग्न आरोपी जीवन चलाउनेप्रति एआईजी बज्राचार्य ‘नरम’ देखिएको आयोगको ठहर छ । चलाउनेलाई सीआईबीले प्रतिवादी कायम गरे पनि सुरुमा कागज गरेर छाडेको छानबिनबाट देखिएको छ ।
प्रतिवेदनले दोषी ठहर गरेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बज्राचार्यलाई सरुवा गर्न तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण