राहत सामग्री कुरिरहेका मानिसहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
गाजा । गाजामा बिहीबार भएको गोलाबारीमा २० जनाको मृत्यु भएको छ । यस आक्रमणमा १५५ जना घाइते भएका छन् । राहत सामग्रीको पर्खाइमा रहेका बेला गोली हानाहान भएको थियो । अल शिफा अस्पतालका डाक्टर मोहम्मद गरबले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरेका छन् । मिडिया रिपोर्टका अनुसार घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले बिहीबारको आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको बताएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यस दुर्घटनाको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ । त्यहाँ उपस्थित केही व्यक्तिले आक्रमण तोप वा ट्याङ्कीले गरेको बताएका छन् ।
‘इजरायली सेनाले अझै पनि उत्तरी गाजापट्टीमा राहत सामग्रीको पर्खाइमा रहेका निर्दोष नागरिकहरूलाई मार्ने नीति अपनाइरहेको छ ।’ गाजा नागरिक रक्षा प्रवक्ता महमूद बसालले भनेका छन् । मानवीय सहायता गाजामा पहिलो पटक समुद्री मार्गबाट प्रवेश गर्ने घोषणा ‘इजरायली रक्षा बल (आईडीएफ)ले गरेको थियो । ‘गाजामा हवाई, स्थल र समुद्री मार्गबाट मानवीय सहायता दिइरहेको छ । मानवीय सहायता पहिलो पटक समुद्री मार्गबाट गाजामा पुग्ने छ ।’ इ आईडीएफले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमा भनेको थियो । इजरायलसँग युद्ध जारी रहँदा रफाहमा हमासको अपरेसन युनिटका कमान्डर मोहम्मद अबु हसनालाई निशाना बनाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण