आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी जाँचबुझ प्रतिवेदन

उपन्यायाधिवक्ता घिमिरे र शर्मालाई कारबाही गर्न सिफारिस

शुक्रबार, ०२ चैत २०८०, १३ : ३२
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । ६० किलो सुन र भेप प्रकरणमा त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा दुई जना उपन्यायाधिवक्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता बासुदेव शर्मा र जनक घिमिरेलाई कारबाहीको सिफारिस भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दुई उपन्यायाधिवक्ताले गलत अभियोजन गरेको छ ।

उपन्यायाधिवक्ता  घिमिरे अहिले महान्यायाधिवक्ता कार्यालयमा र शर्मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत छन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरुले मुद्दा अभियोजन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप