बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर डिजिटल भुक्तानी  सुविधाको लागि सम्झौता

शुक्रबार, ०२ चैत २०८०, १४ : ०४
शुक्रबार, ०२ चैत २०८०

काठमाडौं । एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी  सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।   यो प्रयासले नेपाल र भारतबिच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने दुबै कम्पनीको विश्वास छ । 

उक्त समझदारी पत्रमा एभरेस्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप