वैदेशिक रोजगारीमा जानेहरूलाई ६ महिने विषयगत तालिम दिनुपर्छ : सांसद आचार्य
काठमाडौँ । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरूलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताएका हुन् । त्यस्तो तालिम निःशुल्क रूपमा दिने व्यवस्था गर्नुपर्ने उनले बताए । उनले विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने बताए । उनले विदेश जान चर्को व्याजमा ऋण लिने गरिएको भन्दै उनीहरूलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने,‘वैदेशिक रोजगारमा जान चाहानेलाई सरकारले पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने, अभिमुखीकरण प्रशिक्षण गर्ने, सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्दछ । तालिमप्राप्त कामदारहरूको आय दुई गुणा बढी हुन्छ । संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहाने कामदारहरूलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ । ६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ । कतिपय मिटरब्याजीको फेला पर्छ । र आफ्नो घरबास, जमिन गुमाउँछ । वा आफूले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन् । यो अव्यवस्थालाई सरकारले अन्त्य गर्नुपर्दछ । यस्तो अव्यवस्थाको अन्त्य गर्न सरकारले त्यहाँ जान चाहाने देशभित्र कुनै विकल्प नभएका वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यात्मक अवस्था भएका व्यक्तिहरूलाई सहुलियत दरमा जिल्लाबाटै कुनै बैंकमार्फत् रकम उपलब्ध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरू ठगिने सम्भावना कम हुन्छ ।’
सांसद आचार्यले विदेश जाने कामदारलाई स्वास्थ्य जाँचमा ठगिएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण