सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

१५ मिनेट स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

शुक्रबार, ०२ चैत २०८०, १५ : ५५
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद्को अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसका सांसद्हरुले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

बैठक स्थगित गरेर सभामुख घिमिरेले दलहरूसँग सहमति जुटाउन छलफल गरिरहेका छन् । आजको बैठकमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । तर नेपाली कांग्रेसका सांसद्हरुले मन्त्रीहरूमाथि उठेका प्रश्नको जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर विरोध गरेका थिए ।

कांग्रेसको अवरोधकै बिच सभामुखले बैठक चलाउन खोजेपछि कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकले जबरजस्ती गरिए कांग्रेसले बेल घेर्ने चेतावनी दिएका थिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप