१५ मिनेट स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन
काठमाडौँ । नेपाली कांग्रेसका सांसद्को अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसका सांसद्हरुले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।
बैठक स्थगित गरेर सभामुख घिमिरेले दलहरूसँग सहमति जुटाउन छलफल गरिरहेका छन् । आजको बैठकमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । तर नेपाली कांग्रेसका सांसद्हरुले मन्त्रीहरूमाथि उठेका प्रश्नको जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर विरोध गरेका थिए ।
कांग्रेसको अवरोधकै बिच सभामुखले बैठक चलाउन खोजेपछि कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकले जबरजस्ती गरिए कांग्रेसले बेल घेर्ने चेतावनी दिएका थिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण