परिणाम आउने गरी काम गर्न कोषलाई श्रममन्त्री अर्यालको निर्देशन
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सामाजिक सुरक्षा कोषका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै मन्त्री अर्यालले परिणाम आउने गरी योजना बनाएर अगाडि बढ्न निर्देशन दिएका हुन् ।
कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न भनेका हुन् । ‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्याङ्कन गरौँ,’ मन्त्री अर्यालले भने ।
कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत बताएका थिए । ‘काम गर्न तपाईंहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ । तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ उनले भने ।
सामाजिक सुरक्षा कोषको विषयमा पनि प्रचारप्रसार समेत व्यापक बनाउन निर्देशन दिएका छन् । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनविज्ञ रहेको बताउँदै सचेतना जगाउन भनेका हुन् । ‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न, टेलिभिजन हेर्न सक्दैनन् । त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै जनतामा पुग्छ, त्यही माध्यमको प्रयोग गरी यसको बारेमा जनचेतना जगाउनु पर्छ,’ उनले भने ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको अहिलेको अवस्था, काम कारबाही र भावी योजनाबारे मन्त्री अर्याललाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण