भ्रष्टाचार गरेको प्रमाण ल्याए २४ घण्टाभित्र कारबाही गर्ने श्रममन्त्रीको चेतावनी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्टाचार गरेको प्रमाण ल्याए २४ घण्टा भित्रै कारबाही गरिने बताएका छन् । शुक्रबार कोरिया रिटर्नीहरुको छलफलको क्रममा मन्त्री अर्यालले भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही गर्ने बताएका हुन् ।
श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरेमा तत्काल कारबाही गरिने बताए । कोरिया रिटर्नीहरुका समस्या सम्बोधनका लागि फास्ट ट्र्याकमा प्रक्रिया अगाडी बढाइने बताए । ‘तपाईंहरुको समस्याका विषयमा सम्बन्धित निकायसँग बसेर छलफल गर्नेछु । आवश्यक परेमा तपाईंहरुलाई नै राखेर छलफल गराउने छ,’ मन्त्री अर्यालले भने ।
कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिकहरू इपीएसका कर्मचारीहरूबाटै ठगिने गरेको गुनासो मन्त्री अर्यालसमक्ष गरेका थिए । उनीहरुले रोष्टरमा रहेका रिटर्नी तथा महिलाहरूको फाइल कोरियाका रोजगार दातासम्म पुर्याउनुपर्ने, गत असार १० गते ईपीएस कोरिया शाखा कार्यालयले ईपीएस नेपाल रिटर्नीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका विषय उठान गरेका थिए ।
ईपीएस कोरिया शाखा कार्यालयमा भ्रष्टाचार हुने गरेको भन्दै उनीहरूले त्यस्ता कर्मचारीहरूमाथि कारबाही गर्न माग गरेका थिए । जवाफमा मन्त्री अर्यालले प्रमाण ल्याएको खण्डमा २४ घण्टाभित्रमा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण