नेपालबाट १५ भारतीय नागरिकले गरे मिर्गौला प्रत्यारोपण

काठमाडौँ । नेपालबाट भारतीय नागरिकले मिर्गौला प्रत्यारोपण गरेको पाइएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट पछिल्लो पटक भारतका १५ जनाले मिर्गौला प्रत्यारोपण गरेका हुन् ।
केन्द्रको तथ्यांक अनुसार पछिल्लो पटक १ हजार २१४ जनाले सो केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरेका छन् । त्यसमध्ये १५ जना भारतीय नागरिकले मिर्गौला प्रत्यारोपण गरेका हुन् । सो केन्द्रबाट बागमती प्रदेशका सबैभन्दा बढी ३६९ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।
यस्तै, सुदूरपश्चिमका ४०, कर्णालीका ३१ जनाले मिर्गौला प्रत्यारोपण गरेको केन्द्रको तथ्यांक छ । यस्तै, गण्डकी प्रदेशका १९४ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् । लुम्बिनी प्रदेशका १५० जना, मधेस प्रदेशका १३१ जना र कोशी प्रदेशका २७८ जनाले सो केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरेका हुन् । मिर्गौला प्रत्यारोपण गर्ने मध्ये ६ जनाको ठेगाना नखुलाइएको केन्द्रको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
-
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
-
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता