नेपालबाट १५ भारतीय नागरिकले गरे मिर्गौला प्रत्यारोपण
काठमाडौँ । नेपालबाट भारतीय नागरिकले मिर्गौला प्रत्यारोपण गरेको पाइएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट पछिल्लो पटक भारतका १५ जनाले मिर्गौला प्रत्यारोपण गरेका हुन् ।
केन्द्रको तथ्यांक अनुसार पछिल्लो पटक १ हजार २१४ जनाले सो केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरेका छन् । त्यसमध्ये १५ जना भारतीय नागरिकले मिर्गौला प्रत्यारोपण गरेका हुन् । सो केन्द्रबाट बागमती प्रदेशका सबैभन्दा बढी ३६९ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।
यस्तै, सुदूरपश्चिमका ४०, कर्णालीका ३१ जनाले मिर्गौला प्रत्यारोपण गरेको केन्द्रको तथ्यांक छ । यस्तै, गण्डकी प्रदेशका १९४ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् । लुम्बिनी प्रदेशका १५० जना, मधेस प्रदेशका १३१ जना र कोशी प्रदेशका २७८ जनाले सो केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरेका हुन् । मिर्गौला प्रत्यारोपण गर्ने मध्ये ६ जनाको ठेगाना नखुलाइएको केन्द्रको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण