नयाँ गठबन्धन अहिलेको आवश्यकता : महासेठ
बुटवल । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठले नयाँ गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनमा बोल्दै एमालेका नेतासमेत रहेका उपप्रधानमन्त्री महासेठले देशमा बढ्दै गएको आर्थिक तथा राजनीतिक सङ्कट समाधानका लागि यो गठबन्धन बनेको बताएका हुन् ।
उपप्रधानमन्त्री महासेठले मुलुकमा राजनीतिक स्थायित्व लागि नेकपा एमाले र माओवादी केन्द्रको नयाँ गठबन्धन बनाउनु परेको बताए । उनले अहिले माग र आवश्यकता आधारमा गठबन्धन निर्माण भएको बताए ।
उनले देशमा अर्थतन्त्र सङ्कटमा, उद्योगधन्दा चल्नै नसक्ने भएपछि अन्य सबै क्षेत्र अस्तव्यस्त बनेको बताए ।
उनले बुटवल नारायणगढ सडक निर्माणको गति तीव्रताका साथ अगाडि बढेको दाबी गरे । काम गर्दा आवत जावतमा समस्या भएको बताए ।
उपप्रधानमन्त्री महासेठले लुम्बिनीको मात्र नभएर मुलुककै अर्को महत्त्वपूर्ण परियोजना सिद्धवावा सुरुङ मार्गको काम समेत तीव्र रूपमा अगाडि बढेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण