मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरिएको इटालियन पेस्तोल बरामद

रौतहट । रौतहटको सीमावर्ती क्षेत्र परोहा नगरपालिका–९ खाप चोकमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्न प्रयोग भएको इटालियन पेस्तोल प्रहरीले बरामद गरेको छ ।
गोली लोड भएको अवस्थामा सेभन एमएमको पेस्तोल प्रहरीले बरामद गरेको हो । नेपाल–भारत सीमा क्षेत्रको १० गजा छेउकै बाँसघारीबाट प्रहरीले पाँच राउन्ड गोली लोड रहेको अवस्थामा अटोमेटिक पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।
शुक्रबार अपराह्न मनी ट्रान्सफर सञ्चालक परोहा–९ का नितेस साहमाथि गोली प्रहार गरेपछि भागेका आक्रमणकारी दश गजातर्फ भाग्ने क्रममा बाँसघारीमा उक्त पेस्तोल फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।
डीएसपी एलिजा गिरीसहितको टोली र सशस्त्र प्रहरीको टोलीले हाल घटनास्थल वरपर सर्च अभियान चलाएको छ । बरामद पेस्तोलमा ‘मेड इन इटाली’ लेखिएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी महेन्द्र श्रेष्ठले बताए । अपराह्न भएको गोली प्रहारको घटनामा संलग्न तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उँभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव