मनी ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने कार्यमा संलग्न तीन जना पक्राउ
काठमाडौँ। रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै भारतीय नागरिक हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए ।
परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार गरेका उनीहरु रकम लिएर भाग्दै गर्दा पक्राउ परेका हुन् । उनीहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर आएका थिए ।
बीआर०६सी एल ९७९६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले रकम लुटपाट गर्दै सञ्चालक साहमाथि गोली चलाएका थिए । गोली साहको कञ्चटमा लागेको छ भने उनलाई उपचारका लागि वीरगन्ज पठाइएको छ ।
हतियारसहित आएकाहरुले सञ्चालक साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए । प्रहरीले अभियुक्तहरुको साथबाट मोटरसाइकलका साथै लुटिएको रकम र पेस्तोल बरामद गरेको छ । घटनास्थल भारतीय सीमा नजिकै पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण