मनी ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने कार्यमा संलग्न तीन जना पक्राउ

काठमाडौँ। रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै भारतीय नागरिक हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए ।
परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार गरेका उनीहरु रकम लिएर भाग्दै गर्दा पक्राउ परेका हुन् । उनीहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर आएका थिए ।
बीआर०६सी एल ९७९६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले रकम लुटपाट गर्दै सञ्चालक साहमाथि गोली चलाएका थिए । गोली साहको कञ्चटमा लागेको छ भने उनलाई उपचारका लागि वीरगन्ज पठाइएको छ ।
हतियारसहित आएकाहरुले सञ्चालक साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए । प्रहरीले अभियुक्तहरुको साथबाट मोटरसाइकलका साथै लुटिएको रकम र पेस्तोल बरामद गरेको छ । घटनास्थल भारतीय सीमा नजिकै पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
-
एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न– सङ्घीय निर्वाचन क्षेत्रमा २१ करोड रूपैयाँका योजनाको चर्चा के हो ?
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
-
एक वर्षपछि शान्ति श्री र खेमबिच सहकार्य