फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना
शुक्रबार, ०२ चैत २०८०, २२ : १०
फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका– फाकुम्बामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना भएको छ । गाउँपालिकाको वडा नं ५ र ६ का समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्थापना गरिएको अस्थायी प्रहरी चौकीको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले आज उद्घाटन गरेका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी उद्घाटन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण