सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पौडेल र बुढालाई पुरस्कृत गर्न सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस

शनिबार, ०३ चैत २०८०, ०८ : १३
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । सुन तस्करीसम्बन्धी छानबिन आयोगले कारबाहीको लागि मात्र नभएर केही कर्मचारीलाई पुरस्कृत गर्न समेत सरकारलाई सिफारिस गरेको छ । आयोगले उपनिर्देशक सन्तोष पौडेल र कम्प्युटर अपरेटर  धनराज बुढालाई पुरस्कृत गर्न सिफारिस गरेको हो । 

उपनिर्देशक पौडेलले १८ दिनको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको डिएफएल, फरारहरूको लोकेसन ट्रयाकिँग आदि काममा उल्लेखनीय सफलता हात पारेको आयोगको निष्कर्ष छ । 

त्यसैगरी कम्प्युटर अपरेटर धनराज बुढा आयोगको काममा अहोरात्र खटिएर सबैभन्दा बढी सक्रिय भूमिका निर्बाह गरेकोमा गृह मन्त्रालयबाट पुरस्कृत गर्न आयोगले सिफारिस गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप