पीएचडी गरिरहेका विद्यार्थीहरूकालाई शोधपत्र बुझाउने समय एक वर्ष थप
शनिबार, ०३ चैत २०८०, १० : ४२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको छ ।
शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा भर्ना भई हाल सम्म शोधकार्य गरिरहेका शोधार्थीहरुका लागि शोधप्रवन्ध बुझाउने समय २०८१ को चैत मसान्तसम्म थप गरिएको हो ।
अन्तिम पटकको लागि समयावधि थप गरिएकोले विद्यावारिधि शोधार्थीले शोध निर्देशकको निर्देशनमा आफ्नो अनुसन्धान कार्य सम्पन्न गर्न भनेको हो । नियमानुसार लाग्ने सम्पूर्ण शुल्क चुक्ता गरी मिति २०८१ चैत्र मसान्त सम्ममा विद्यावारिधि शोधप्रवन्ध मौखिक परीक्षाका लागि बुझाउनुपर्ने डीन प्राडा चित्र बहादुर बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
-
राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने
-
विद्यालय शिक्षा विधेयक अन्योल : किन भइरहेको छ ढिलाइ ?
-
दिल्लीबाट काठमाडौँ चल्ने बस प्रयोग गरेर तस्करी, ६ जनाविरूद्ध मुद्दा दायर
-
जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !
-
खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक