राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा म्यानेजमेन्ट कन्फ्रेरेन्स
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चूनौतीका विषयमा छलफल गर्न ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ आयोजना गरेको छ । बैंकले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएको चूनौतीलाई सम्बोधन गर्न र आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न कन्फ्रेरेन्सको आयोजना गरेको हो ।
कन्फ्रेरेन्सको उद्घाटन गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारहरु निरन्तरताका आधारमा सञ्चालित भए पनि नीतिहरु आधारभूत रुपमा परिवर्तन नहुने बताएका छन् । यसैको आधारमा सरकारले नीति बनाएर सरकारले कार्य गर्ने बताउदै ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता हल्ला फैलाउने कुरा स्वीकार्य नहुने समेत बताए ।
‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको छ,’ पुनले भने, ‘बैंकिङ्ग क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्छ ।’
यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउँदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले बैंकिङ्ग क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्ने बताए । साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्नुपर्ने उनको भनाई छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराए । उनले राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रका बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताए । उनले भने, ‘बैंकिङ्ग क्षेत्रको योगदानको लागि सम्मान व्यक्त गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण