काठमाडौँ महानगरले ३ सय योग प्रशिक्षक उत्पादन गर्दै, ‘प्रशिक्षक तालिम’ सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले योग प्रशिक्षकका लागि तालिम कार्यक्रम थालेको छ । शनिबारदेखि ‘महानगर : स्वर्णिम योजना’ कार्यक्रम अन्तर्गत योग प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौँमा तालिम कार्यक्रम सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडा वडामा, टोल टोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण कार्यक्रम अघि बढाएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार एक समूहमा ३० जना राखेर प्रशिक्षण प्रदान गरिँदैछ । यसरी ३ सय जना प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
प्रशिक्षणका विषयमा योगले कुन अवस्थामा कसरी काम गर्छ भन्ने कुराका सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास राखिएको छ । यसरी दिइने तालिममा १५ वटा कक्षा राखिएका छन् । जसमा योग चिकित्साको अवधारणा, मधुमेह, मोटोपन, मुटु रोग, उच्च रक्तचाप, श्वासप्रश्वास र तनाव व्यवस्थापनका लागि कुन योग उपयोगी हुन्छ विषयमा सिकाइने जनाइएको छ ।
योग प्रशिक्षक डा।सुमन विष्ट लगायतले प्रशिक्षण दिने महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण