रुसको राष्ट्रपति निर्वाचनमा तनाव, रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टममा साइबर हमला
मस्को । रुसमा राष्ट्रपति निर्वाचनमा तनाव देखिएको छ । पहिलो पटक निर्वाचनमा प्रयोग भइरहेको रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टममा व्यापक साइबर हमला भएको बताइको छ । रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टमको निगरानी पोर्टललाई लक्षित गरेर ३० हजारवटा हमला भएको रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबारको तुलनामा शनिबार आक्रमण बढेको पाम्फिलोभाले बताएकी छिन् । यी आक्रमणहरू अमेरिका र बेलायतबाट गराइएको मस्कोको चुनाव पर्यवेक्षण टोलीका प्रमुख वादिम कोभालेभले शनिबार बताएका थिए । कोभालेभका अनुसार आक्रमणहरू भइरहेका अधिकांश सर्भरहरू अमेरिका र बेलायतमा छन् ।
रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मार्च १५ बाट मतदान सुरु भएको थियो । मतदान आज १७ मार्चमा समाप्त हुँदैछ । देशका केही स्थानमा पहिलो पटक रिमोट इलेक्ट्रोनिक प्रणालीबाट भोटिङ सुरु भएको छ । यस चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन, लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लटस्की, रुसी कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र एक स्वतन्त्र उम्मेदवार उठेका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्टअनुसार देशभर ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ । सबैभन्दा पहिला सुदूरपश्चिममा पर्ने कामचटका र चुकोटकामा मतदान भएको हो । रुसको पश्चिमी भेगमा अवस्थित कालिनिनग्रादमा सबैभन्दा अन्तिममा मतदान हुनेछ । निर्वाचनको नतिजा मार्च २८ अघि घोषणा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण