भौतिक पूर्वाधारको विषयलाई लिएर पीसीबीमाथि खनिए वसिम अकरम
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका पूर्वक्रिकेटर वसिम अकरमले पाकिस्तानमा क्रिकेटको नयाँ पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । अकरम आफ्नो समयका प्रभावशाली तीव्र गतिका बलर हुन् ।
५७ वर्षीय अकरमले देशमा रहेका पुराना रङ्गशालाहरूको अवस्था पनि निराशाजनक बन्दै गएको धारणा व्यक्त गरेका छन् । खेलकुद सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा अकरमलाई एक समर्थकले देशभित्र क्रिकेटको नयाँ रङ्गशाला बनाउन बेवास्ता गरिएको विषयमा प्रश्न गरेका थिए ।
ती समर्थकले खासगरी पाकिस्तानको उत्तरी क्षेत्रमा भारतको धर्मशाला र न्युजिल्यान्डको क्विन्स टाउनजस्ता सुन्दर रङ्गशाला निर्माण गर्न बेवास्ता भइरहेको विषयमा प्रश्न उठाएका थिए । त्यसको जवाफमा अकरमले लाहोरस्थित गद्दाफी रंगशालाकै अवस्था चिन्ताजनक रहेको बताएका थिए ।
‘पक्कै पनि हामीले यतिबेला भारतको धर्मशाला र न्युजिल्यान्डको क्विन्स टाउनजस्ता सुन्दर रंगशालाको चर्चा गरिरहेको छौँ । नयाँ क्रिकेट रङ्गशाला त परको कुरा हो । अहिले देशभित्र रहेका रङ्गशालाहरूको अवस्था पनि सन्तोषजनक छैन । गद्दाफी रंगशालाको छत जिर्ण भइरहेको छ,’ अकरमले भनेका छन् ।
उनले यी सबै दूरावस्थाको कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) रहेको आरोप लगाएका छन् । ‘हामी भएकै रंगशालाको त संरक्षण गर्न सकिरहेका छैनौँ, नयाँ रंगशालाको निर्माण त निकै टाढाको विषय हो । के तपाइँले कहिले गद्दाफी स्टेडियमको छतको अवस्था देख्नु भएको छ ?’ अकरमले प्रश्नकर्ता समर्थकलाई उल्टै प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण