भौतिक पूर्वाधारको विषयलाई लिएर पीसीबीमाथि खनिए वसिम अकरम

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका पूर्वक्रिकेटर वसिम अकरमले पाकिस्तानमा क्रिकेटको नयाँ पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । अकरम आफ्नो समयका प्रभावशाली तीव्र गतिका बलर हुन् ।
५७ वर्षीय अकरमले देशमा रहेका पुराना रङ्गशालाहरूको अवस्था पनि निराशाजनक बन्दै गएको धारणा व्यक्त गरेका छन् । खेलकुद सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा अकरमलाई एक समर्थकले देशभित्र क्रिकेटको नयाँ रङ्गशाला बनाउन बेवास्ता गरिएको विषयमा प्रश्न गरेका थिए ।
ती समर्थकले खासगरी पाकिस्तानको उत्तरी क्षेत्रमा भारतको धर्मशाला र न्युजिल्यान्डको क्विन्स टाउनजस्ता सुन्दर रङ्गशाला निर्माण गर्न बेवास्ता भइरहेको विषयमा प्रश्न उठाएका थिए । त्यसको जवाफमा अकरमले लाहोरस्थित गद्दाफी रंगशालाकै अवस्था चिन्ताजनक रहेको बताएका थिए ।
‘पक्कै पनि हामीले यतिबेला भारतको धर्मशाला र न्युजिल्यान्डको क्विन्स टाउनजस्ता सुन्दर रंगशालाको चर्चा गरिरहेको छौँ । नयाँ क्रिकेट रङ्गशाला त परको कुरा हो । अहिले देशभित्र रहेका रङ्गशालाहरूको अवस्था पनि सन्तोषजनक छैन । गद्दाफी रंगशालाको छत जिर्ण भइरहेको छ,’ अकरमले भनेका छन् ।
उनले यी सबै दूरावस्थाको कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) रहेको आरोप लगाएका छन् । ‘हामी भएकै रंगशालाको त संरक्षण गर्न सकिरहेका छैनौँ, नयाँ रंगशालाको निर्माण त निकै टाढाको विषय हो । के तपाइँले कहिले गद्दाफी स्टेडियमको छतको अवस्था देख्नु भएको छ ?’ अकरमले प्रश्नकर्ता समर्थकलाई उल्टै प्रश्न गरेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट