मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्न आयोग सचेत र सक्रिय छ : अध्यक्ष मगर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आयोग सचेततापूर्वक लागिरहेको बताएका छन् ।
आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष मगरले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आयोग सचेत र सक्रिय रहेको बताएका हुन् । उनले मानव अधिकार उल्लङ्घन हुन नदिन सबै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले सबैको मानव अधिकार संरक्षण र सुरक्षित हुनुपर्ने बताए ।
अध्यक्ष मगरले मानव अधिकार उल्लङ्घनको सम्बन्धमा आयोगले सरकारलाई गरेका सिफारिसहरुमध्ये करिब १५ प्रतिशत पूर्ण कार्यान्वयन भएको र ३९ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको बताए । बाँकी सिफारिसहरू कार्यान्वयनको अवस्थामा रहेको भन्दै त्यसनिम्ति सरकारलाई झक्झकाइरहेको उनले बताए ।
अध्यक्ष मगरले आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धन गर्न नागरिक समाज, मिडियाहरूलाई आयोगसँग सहकार्य गर्न आग्रह पनि गरे । उनले मिडियामा आएका मानव अधिकार उल्लंघनका घटनाहरूलाई पनि आयोगले ग्रहण गरेर अनुसन्धान गर्ने गरेको बताए । उनले आयोगले आफ्नो सातै प्रदेशको कार्यालयहरूमार्फत मानव अधिकारको अवस्थाको सम्बन्धमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण