शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्न आयोग सचेत र सक्रिय छ : अध्यक्ष मगर

आइतबार, ०४ चैत २०८०, १४ : २०
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आयोग सचेततापूर्वक लागिरहेको बताएका छन् । 

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष मगरले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आयोग सचेत र सक्रिय रहेको बताएका हुन् । उनले मानव अधिकार उल्लङ्घन हुन नदिन सबै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले सबैको मानव अधिकार संरक्षण र सुरक्षित हुनुपर्ने बताए । 

अध्यक्ष मगरले मानव अधिकार उल्लङ्घनको सम्बन्धमा आयोगले सरकारलाई गरेका सिफारिसहरुमध्ये करिब १५ प्रतिशत पूर्ण कार्यान्वयन भएको र ३९ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको बताए । बाँकी सिफारिसहरू कार्यान्वयनको अवस्थामा रहेको भन्दै त्यसनिम्ति सरकारलाई झक्झकाइरहेको उनले बताए ।

अध्यक्ष मगरले आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धन गर्न नागरिक समाज, मिडियाहरूलाई आयोगसँग सहकार्य गर्न आग्रह पनि गरे । उनले मिडियामा आएका मानव अधिकार उल्लंघनका घटनाहरूलाई पनि आयोगले ग्रहण गरेर अनुसन्धान गर्ने गरेको बताए । उनले आयोगले आफ्नो सातै प्रदेशको कार्यालयहरूमार्फत मानव अधिकारको अवस्थाको सम्बन्धमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप