आमा
नौ नौ महिना पेटमा राख्यौ
म जन्मँदा खुसीले पूरै गाउँलाई डाक्यौ ।
न्वारनमा मेरा लागि नाम खोजी खोजी राख्यौ
मेरा पास्नीका लुगाहरू अहिलेसम्म जोगाएर राख्यौ ।
मलाई हिँड्न नआउँदा ताते ताते भनेर बोलायौ
मलाई खान मन नलाग्दा कोखाउ कोखाउ भनेर खुवायौ
मलाई बोल्न नआउँदा “पापा”, “दादा” भन्न सिकायौ
मलाई नाच्न नआउँदा ताली बजाएर नचायौ ।
म बदमास हुँदा अब नगर भनेर बुझायौ
मलाई पढ्न नआउँदा क ख ग घ भनेर सिकायौ
मैले केही जान्दा खुसीले सबैलाई सुनायौ
मलाई लेख्न आउँदा आनन्दले रमाएर नाच्यौ ।
आज जे छु तिम्रै कारणले भएँ म
हो आज जहाँ छु तिम्रै आधारले पुगेँ म ।
आमा तिमी नै बन्यौ मेरी पहिलो शिक्षिका
मलाई हिँड्न, बोल्न, हाँस्न र खेल्न सिकाउने तिमी नै मेरी प्रेमिका ।
मैले जे जे मागे त्यही त्यही किन्दियौ
मलाई डर लाग्दा काम भए पनि मसँगै बस्दियौ।
अरूको माया बिर्से पनि आमाको माया अमर छ
अरूको माया के माया आमाको माया सगर छ ।।
सेन्ट जेभियर्स स्कुल,जावलाखेल, कक्षा ७
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीसँग प्रचण्ड मिल्दा रिसाए माधव नेपाल
-
बेड मागेर विश्वविद्यालय चलाउने कि आफ्नै अस्पतालबाट सुरु गर्ने ?
-
भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने दाउमा आर्सनल, तर मोटो तलब बन्यो मुख्य चुनौती
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
-
डीआर कङ्गोमा इबोला सङ्क्रमण तीव्र, मृतक सङ्ख्या १ हजार ३५४ नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण