एकीकृत समाजवादीको अपानि–१३ : समीकरण फेरिँदा अन्योलमा नपर्नू
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजनीतिक समीकरण फेरिएकामा नेता तथा कार्यकर्ता अन्योलमा पर्नुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ । अध्यक्ष माधवकुमार नेपालले आइतबार अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भए पनि त्यसले पार्टीको अभियान र महाधिवेशन प्रभावित नहुने स्पष्ट पारेका छन् ।
‘सारत: हाम्रो पार्टी हिजो एउटा गठबन्धनमा सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ’, अपानिमा भनिएको छ, ‘हाम्रा मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस् भनेर हामीले प्रयास गर्नुपर्छ ।’
साथै एकीकृत समाजवादीले फेरिएको राजनीतिक परिस्थितिमा नेता कार्यकर्ताहरूलाई अन्योलमा नपर्न भनेको छ । ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ’, अध्यक्ष नेपालले भनेका छन् ।
अपानिमा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनका लागि विभिन्न १३ वटा कमिटी गठन गरेको उल्लेख छ । जसमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १० औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी, झलनाथ खनालको संयोजकत्वमा अतिथि सत्कार कमिटी, उपाध्यक्ष डा.बेदुराम भुसालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, अर्का उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन कमिटी गठन गरेको छ ।
यस्तो छ अपानिको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण