श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ
आइतबार, ०४ चैत २०८०, १८ : ५२
कोलम्बो । श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।
उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको र उनीहरूले प्रयोग गरेका दुई वटा डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।
जफत गरिएका डुङ्गा र २१ मछुवालाई कान्केसानथुराई बन्दरगाहमा ल्याइएको र उनीहरूलाई कानुनी प्रक्रियाका लागि स्थानीय अधिकारीलाई सुम्पिने नौसेनाले जनाएको छ ।
नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रमा १८ भारतीय डुङ्गा र १४६ भारतीय मछुवालाई सुरक्षा नियन्त्रणमा लिएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण