सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा मानव कंकाल फेला

आइतबार, ०४ चैत २०८०, २० : ५६
आइतबार, ०४ चैत २०८०

सुर्खेत । वीरेन्द्रनगरको एक सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ । 

वीरेन्द्रनगर–१४ को सृजनशील सामुदायिक जङ्गलमा आइतबार मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका स्थानीयहरूले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगतै प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो । मानव कंकाल हेर्दा करिब ५ महिना पुरानो रहेको प्रहरीको अनुमान छ । उक्त मानव कंकाल कसको हो भन्ने पहिचान नखेलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवं प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनकाअनुसार घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप