शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको निर्वाचनमा विजयी भएलगत्तै पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी

सोमबार, ०५ चैत २०८०, ११ : ४८
सोमबार, ०५ चैत २०८०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा ठुलो जित हासिल गरेसँगै पुटिनले सो अभिव्यक्ति दिएका हुन् । योसँगै पुटिन पाँचौंपटक रुसको राष्ट्रपति बन्ने निश्चित छ ।

सोमबार नतिजा सार्वजनिक भए लगत्तै पुटिनले आफ्नो पहिलो सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई धम्की दिँदै तेस्रो विश्वयुद्धको चेतावनी दिए । उनले रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनबिच संघर्ष भएमा तेस्रो विश्वयुद्ध हुने र यस्तो अवस्था कसैले हेर्न नचाहेको उनले बताएका थिए ।

रुस र पश्चिमी देशहरू बिचको सम्बन्ध सन् १९६२ को क्युवाली मिसाइल संकटयताको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ । गएको महिना फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भविष्यमा युक्रेनमा आफ्ना सेनाहरू अवतरण गर्ने सम्भावनालाई अस्वीकार गरेका थिएनन् ।

यसबारे पुटिनलाई सोध्दा उनले यस्तो भनेका थिए, ‘आजको आधुनिक युगमा जे पनि सम्भव छ, तर यदि यसो भयो भने तेस्रो विश्वयुद्ध धेरै टाढा छैन । उसो त नेटोका सेना अझै पनि युक्रेनमै छन् । युद्ध मैदानमा अङ्ग्रेजी र फ्रेन्च बोल्ने सैनिक भएको रुसलाई थाहा छ । यो खास गरी उनीहरूको लागि राम्रो कुरा होइन, किनकि यहाँ ठुलो सङ्ख्यामा यिनीहरूको मृत्यु भइरहेको छ ।’

युक्रेन युद्धबारे वार्ताका लागि रुस तयार

पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि हमला गरेका थिए । अहिलेसम्म सबै कुरा सकि नसकेकोले फ्रान्सले वार्तालापमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पुटिनले भनेका थिए ।

‘मैले पहिला पनि भनेको छु र अहिले पनि भन्छु, हामी वार्ताका लागि तयार छौँ । यी वार्ताहरू शत्रुहरूसँग गोला बारुद सकिसकेकोले मात्रै हुने होइन । उनीहरू साँच्चै गम्भीर छन् र शान्ति चाहन्छन् भने छिमेकी राष्ट्रहरूले जस्तै राम्रो सम्बन्ध राख्नुपर्छ’ पुटिनले अझ अगाडि भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप